ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय भाषामा अतिक्रमण भइरहेको छ : कार्यवाहक राष्ट्रपति


एबीसी न्यूज
१४ कार्तिक २०७५, बुधबार   ६ : ३०   बजे
 

काठमाडौँ, १४ कात्तिक ।  कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ ।

नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गर्नुभएका अवसरमा आयोजित अभिनन्दन समारोहमा उहाँले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको बताउनुभयो ।

कावा राष्ट्रपति पुनले भन्नुभयो, “नेपाल मै आयोजना हुने औपचारिक कार्यक्रम पनि सरकारी औपचारिक भाषालाई बिर्सेर विदेशमा भएका झैँ अङ्ग्रेजी भाषामा हुने गरेका छन् । सबै भाषा पढ्नुपर्छ, बोल्नुपर्छ, तर प्राथमिकता भने आफ्नै भाषालाई दिनुपर्छ ।”

कावा राष्ट्रपति पुनले राष्ट्रकवि घिमिरेले राष्ट्रको भाषा साहित्यमा गरेको योगदान अविस्मरणीय रहेको र उहाँका कृति कालजयी र अमर रहेको उल्लेख गर्नुभयो । कावा राष्ट्रपतिले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन पत्रले अभिनन्दन गर्नुभएको थियो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रकवि घिमिरेले मुलुकको भाषा साहित्यका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै परिषद्ले स्थापनाकालदेखि नै स्रष्टालाई जीवित अवस्थामै सम्मान गर्ने प्रचलनको शुरुआत गरेको स्मरण गर्नुभयो ।

वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले कवि घिमिरेका कृति राष्ट्रियताले ओतप्रोत भएको उल्लेख गर्दै उहाँका ‘अश्वत्थामा’ जस्ता कृतिलाई नोवेल पुरस्कारका लागि सरकारले सिफारिश गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा परिषद्का सचिव रमा शर्मा, कोषाध्यक्ष भीमबहादुर अधिकारी, सदस्यद्वय किरण थापा र लक्ष्मण थापाले परिषद्का अध्यक्षसमेत रहनुभएका राष्ट्रकवि घिमिरेले मुलुकका लागि गर्नुभएको योगदानको चर्चा गर्दै परिषद्का काम कारवाहीबारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group