ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं अव्यवस्थित शहरीकरणको भद्दा नमुना, कसरी बन्छन स्मार्ट सिटी


एबीसी न्यूज
१५ कार्तिक २०७५, बिहिबार   ८ : ०६   बजे


काठमाडौं,१५ कार्तिक । केन्द्रिकृत राज्यव्यवस्थाको उपज नै भन्नुपर्छ, नेपालमा विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, सडक जस्ता विकासका आधारभुत पक्षको खोजिमा गाउ“बाट शहर र शहरबाट राजधानी पस्ने क्रम निरन्तर रह्यो । फलतः अहिलेको शहरहरु र राजधानीमा अनियन्त्रित बस्ति बस्दै गए र तीनै बस्ति अहिले शहर बनेका छन्, अव्यवस्थित शहर ।

आम मानिसलाई लाग्न सक्छ, बस्ती विस्तार हुंदै जांदा शहर बन्छ । तर शहर र बाक्लो बस्ती उस्तै प्रकृतिको देखिए पनि यथार्थ त्यस्तो हैन । कुनै ठाउ“मा घरहरु बढ्दैज“ादा त्यो ठाउ बस्ती त बन्छ, तर सहर बन्नका लागि विभिन्न मापदण्डहरु पुरा हुनुपर्छ । खानेपानी, सडक सञ्जाल, ढल, बिजुली, पार्क जस्ता आधरभुत पूर्वाधार सहित भवनको संरचना र गुणस्तरीयता यौटा सभ्य शहरको आधारभुत मापदण्ड हुन् । तर, नेपालमा पछिल्लो समयको शहरीकरणलाई विश्लेषण गर्दा विना कुनै मापदण्ड विस्तारित बस्ति तथाकथित शहरमा रुपान्तरण भएको छ ।

त्यसो त चुनावताका राजनीतिक नाराका रुपमा स्मार्ट सिटी बन्ने आश्वासन नपाएका शहरहरु नेपालमा कमै छन् । तर, यथार्थमा स्मार्ट सिटी त परै जाओस, राजधानी शहर काठमाडौं समेत अव्यस्तित वस्तिले कुरुप बनेको छ । अर्थात अलि सरल भाषामा भनौं, ‘काठमाडौं अव्यवस्थित शहरीकरणको भद्दा नमुना हो’ । शहरको जनघनत्व बढि हुनेहु“दा खानेपानी, ढल, फोहोरमैला लगायत पुर्वाधारको व्यवस्थापन कठिन हुन्छ । यसको व्यवस्थापनका लागि एउटा व्यवस्थित प्रणालीको आवश्यकता पर्दछ । त्यसो त, राज्यपुर्नसंरचनाका क्रममा शहरोन्मुख बस्ती समेटेर नगरपालिकाको संख्या पनि बढाइएको छ । नगरपालिका घोषणा गर्दैमा कानुनी रुपमा सहर भएपनि मापदण्ड पुरा नहुन्जेल व्यवस्थित शहर नबन्ने बताउ“छन् पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापा ।

शहरमा धेरै उत्पादनमुलक गतिविधि हुने र व्यवस्थित जीवन शैली हुनुपर्छ । गाउ“मा कृषिजन्य उत्पादन र शहरमा औद्योगिक उत्पादन मुख्य विशेषता हुने विज्ञ थापाको बुझाई छ ।

अव्यवस्थित शहरीकरण तात्कालीन रुपमा सामान्य प्रक्रिया झै देखिए पनि दीर्घकालीन रुपमा विकराल समस्याको पोको हो । नेपालका शहरहरु अव्यवस्थित रहेकाले यसलाई व्यवस्थित बनाउनमा गम्भीर हुनुपर्ने थापाको ठहर छ ।

केन्द्रमा रहन खोज्ने प्रबृतिले देशका मुख्य शहर र राजधानीमा चाप बढाएको छ । देश संघीयतामा गएसंगै केन्द्रको अधिकार समेत बा“डफ“ाड भएको छ । यस्तोमा सहरी क्षेत्रको जनघनत्वलाई व्यवस्थापन गर्ने र अव्यवस्थित सहरी क्षेत्रलाई व्यवस्थापन गर्ने राम्रो मौका हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu