ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षाको खस्कदो गुणस्तरका कारण बेरोजगार उत्पादन गर्ने थलो बन्दै


एबीसी न्यूज
१५ कार्तिक २०७५, बिहिबार   ८ : १५   बजे

काठमाडौं,१५ कार्तिक । मुलुक गणतन्त्र र संघियतामा जादा समेत शिक्षा क्षेत्रले राजनीतिक परिवर्तनको गति पछ्याउन सकेको छैन । फलस्वरुप शिक्षा क्षेत्र जताततै ब्यापारीकरण, सार्वजनिक र निजिविद्यालयविच चर्को असमानता, प्रविधियुत्त शिक्षाको कमी, खस्क“दो गुणस्तरका कारण बेरोजगार उत्पादन गर्ने थलो बनेको छ ।

देश गणतन्त्र र संघियतामा गैसकेपछि शिक्षा जस्तो क्षेत्रमा सुधार होला भनेर सबैले आशा अनि अपेक्षा गरेका थिए । संविधानले शिक्षामा सबैको समान पहुचको सुनिश्चितताका लागि निशुल्क र अनिवार्य आधारभुत शिक्षा एवं निशुल्क माध्यमिक शिक्षामा जोड दिएको छ । समाजमा आधारित जीवन उपयोगी शिक्षाको लागि सरकारले संघियतामा शिक्षाको निति बदल्नको लागि शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा सुधार आयोग बनाएको छ ।

सबै पक्षबाट शिक्षामा सुधार हुनुपर्ने आवाज पटक पटक आएपछि शिक्षामन्त्रीको अध्यक्षतामा सरकारले उच्चस्तरीय शिक्षा आयोग बनाएको हो । संघियतामा शिक्षाको निति निर्माण र उच्चशिक्षामा देखिएको विकराल समस्या समाधान गर्दै जीवन उपयोगी शिक्षामा ढाल्नको लागि गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले संघियतामा शिक्षा निति र जीवन उपयोगी उच्च शिक्षाका साथै शिक्षामा गुणस्तरीता भित्राउनको लागि अध्ययन गरिरहेको पुर्व शिक्षामन्त्री तथा उच्चस्तरीय राष्ट्रिय शिक्षा सुधार समितिका सदस्य डा. गंगालाल तुलाधर बताउछन ।

सरकारले शिक्षामा पर्याप्त बजेट लगानी गरी गुणस्तरीय शिक्षा र प्रविधियुक्त शिक्षामा खर्चिने भनेर आश्वासन नबाडेको भने होईन । जीवन उपयोगी शिक्षाको परिकल्पना गरेको सरकारले शिक्षामा पर्याप्त बजेट छुटाउन नसक्दा सरकारले बनाएको योजना र रणनिति समेत प्रभावित बनेको छ ।

सरकारले शिक्षामा देखिएको दयनिय अवस्थालाई ख्याल गरी सुधार गर्नको लागि शिक्षालाई नवीन प्रविधि र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने उच्चस्तरीय आयोगको ठम्याइ छ ।

सङ्घीय शासन प्रणालीमा शिक्षाको दूरदृष्टि, उद्देश्य, समाजवादउन्मुख शिक्षाको प्रणाली, शिक्षाको निर्देशक सिद्धान्त र सङ्घीय संरचनाअनुसार तहगत भूमिकाका सम्बन्धमा आयोगले अध्ययन गरेको छ । ‘संघ, प्रदेश र स्थानीय तहसमेतलाई समेट्ने गरी शिक्षाको भावी नीति, रणनीति र संरचनासहितको विस्तृत प्रतिवेदन बनाउने काम गर्ने तुलाधरको भनाई छ । कार्यदलले ७ सय ५३ वटै स्थानीय तहको शिक्षक दरबन्दी किटान गरेर सरकारलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group