ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार दिने भ्रमण सकेर राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै


admin
१५ कार्तिक २०७५, बिहिबार   १० : ३४   बजे

काठमाडौं, १५, कात्तिक । कतारको चार दिने भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी गत सोमवार दोहा जानु भएको थियो । दोहास्थित अमिरि भवनमा दुई राष्ट्र प्रमुखबीच भएको भेटवार्तामा नेपाली कामदार, लगानी, कृषि, पर्यटन लगायतका क्षेत्रमा भैरहेको साझेदारीका विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति भण्डारी र कतारी अमिर अल थानीको रोहबरमा दुई मुलुकका कुटनितिक राहदानी बाहकका लागि प्रवेशाज्ञा आवश्यक नपर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र कतारका उपप्रधान तथा विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले हस्ताक्षर गर्नुभएको छ ।

दुई मुलुकबीच कृषि तथा खाद्य सुरक्षा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति भण्डारीले कतार च्याम्बरले आयोजना गरेको नेपाल कतार ब्यापार फोरममा सम्बोधन गर्नुभएको छ । दोहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न स्थानीय व्यवसायीलाई आग्रह गर्नुभएको थियो । उहाँ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा समेत सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu