ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतले गोरखाविरुद्धको विभेद स्वीकारेको प्रतिवेदन कार्यान्वयन गर्न गेसोको माग


admin
१५ कार्तिक २०७५, बिहिबार   १ : ४६   बजे

काठमाडौं, १५ कात्तिक । विगत तीन दशकदेखि ब्रिटिश गोर्खा भूतपूर्व सैनिकविरुद्ध भएको विभेद विरुद्ध आन्दोलन गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा सैनिकबारे बेलायत सरकार गम्भीर नबनेको आरोप लगाएको छ ।

बेलायत सरकार, नेपाल सरकारका प्रतिनिधि र गोर्खा आन्दोलनका प्रतिनिधिबीच बनेको प्राविधिक समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा बेलायत सरकार गम्भीर नबनेको भन्दै गेसोले तत्काल प्रतिवेदन कार्यान्वयन समिति बनाउन माग गरेको छ ।

गेसोले काठमाडौंमा विहीबार गरेको पत्रकार सम्मेलनमा गेसो सभापति कृष्णकुमार राईले प्रतिवेदन कार्यान्वयन गर्नका लागि बेलायत र नेपाल सरकारले समिति बनाउन दिएको आश्वासन कार्यान्वयन गर्न माग गर्नुभयो ।

गोर्खाहरुमाथि भएको विभेदबारे ३० मार्च २०१७ मा बेलायत र नेपाल सरकारका प्रतिनिधि तथा आन्दोलनरत पक्षबीच प्राविधिक समिति गठन भएको थियो । सो त्रिपक्षीय समितिले २२ मार्च २०१८ मा बेलायत र नेपाल सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदन बुझ्दै बेलायतका रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले एक महिनाभित्र बेलायत र नेपाल सरकारस्तरीय वार्ता समिति बन्ने र माग सम्बोधन गर्ने बताउनुभएको थियो । तर, सात महिना बितिसक्दा पनि समिति बन्नेतर्फ कुनै सुरुवात नहुँदा गेसोले आश्चर्य व्यक्त गरेको छ । सो वार्ता समिति नबन्दा न्याय पाउने आशासहित उत्साहित गोरखाहर दुःखी बनेको सभापति राईको भनाइ छ ।

गोरखाहरुमाथि भएको विभेदविरुद्ध आन्दोलनका कार्यक्रम समेत गेसोले अघि सारेको छ । नेपाल र बेलायतका प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रतिवेदन कार्यान्वयनका लागि दवाव दिने तयारी गेसोको छ । नेपालमा नेकपाका सांसद योगेश भट्टराईको संयोजकत्वमा गोरखा आन्दोलनलाई सहयोग गर्न सांसदहरुको सहयोग समिति यसअघि नै बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu