ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७२ को महाभुकम्पमा भत्किएकाे धरहरा यस्तो बन्दैछ


एबीसी न्यूज
१६ कार्तिक २०७५, शुक्रबार   ७ : ०४   बजे

काठमाडौँ, १६  कात्तिक । २०७२ को महाभुकम्पमा भत्किएर भग्नावशेषको रुपमा सीमित ऐतिहासिक धरोहर धरहरा पुर्ननिर्माणले गति लिने भएकोछ । निकै चर्चा भए पनि तीन वर्षसम्म पुर्ननिर्माण प्रक्रियाले गति नलिएको धरहरामा अन्ततः राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा काम सुरु भएको छ । पहिलेको ९ तले धरहरा अब प्रविधिको प्रयोगसंगै प्रविधिमैत्री र अझ व्यवस्थित रुपमा ११ तले नया“ धरहरा का रुपमा पुर्ननिर्माण हुन लागेको हो ।

सरकारले २०७२ साल फागुन ४ गते धरहरा पुनर्निर्माण अभियान सुरु गरेको थियो । तर वितेका ३२ महिनामा पुरातत्व विभागले धरहरा बनाउने चासो देखाएन भने नेपाल टेलिकम पनि जिम्मा लिएर पछि हट्यो । टेलिकमले २०७४ असोजमा हात झिकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले जिम्मा लिएर धरहरा पुनर्निर्माणको काम सुरु ग¥यो । यसअघि नै सरकारकै नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो धरहरा, म बनाउ“छु अभियान सुरु गरी आफ्नोे एक महिनाको पारिश्रमिक जम्मा गरी धरहरा पुनर्निर्माण कोष समेत खडा गरेका थिए । ढिलै भए पनि ऐतिहासिक धरोहर धरहरा पुर्ननिर्माणले तीन वर्ष पछि गति लिएको छ ।

भुकम्पले भग्नावशेषको रुपमा परिणत गरेको धरहराको पुर्ननिर्माण सबैको चासोको विषय बनेको थियो । भीमसेन स्तम्भका रुपमा परिचित धरहरा विगत झण्डै एक शताब्दी देखि राजधानी उपत्यकाको वैभवका रुपमा स्थापित थियो । यसैले पनि भूकम्पले भग्नावशेष बनेको धरहराको बा“की भागलाई संरक्षण गरी अहिले नया“ धरहरा बनाउन थालिएको छ ।

पुरानो धरहराले ओगटेको ६ रोपनी, गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी गरी २९ रोपनी जग्गामा धरहरा बनाउने काम सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । २०७२ सालको भूकम्प अघि नौ तला रहेको धरहरामा अब दुइ तला थपि ११ तला बनाउने योजना तय भएको छ । १९९० साल माघ २ गतेको महाभूकम्पअघि पनि धरहरा ११ तलाकै थियो । त्यो बेला भूकम्पले बार्दली भन्दा माथिको भाग दुई तला भत्किएपछि नौ तलामा पुनर्निर्माण गरिएको थियो । प्राधिकरणले जीआईईटीसी रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मेवारी दिएको छ । सो कम्पनीसग ३ अर्ब ४५ करोड रुपैयामा धरहरा बनाउने सम्झौता भएको छ ।

यसपटक पुरानो धरहराको भग्नावशेशको झण्डै १० देखि ११ मिटर पूर्वतिर नया“ धरहरा बन्न लागेको हो । नया“ धरहरामा दुईवटा लिफ्ट, एउटा भ¥याङ रहने छन् । यसैकारण धरहराको चौडाई पहिलेको भन्दा बढी हुने छ । लिफ्ट र र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । त्यसका साथै धरहराको बेसमेन्टमा तीनतलाको सानो घर पनि बन्ने छ । नया“ धरहरालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने योजना सहित काम सुरु गरिएको पुननिर्माण प्राधिकरणको भनाइ छ ।

निर्माणकर्ता कम्पनीलाई निर्माणस्थल हस्तान्तरण गरेको दुई वर्षभित्र धरहरा निर्माणको काम सम्पन्न हुने लक्ष्य लिइएको छ । प्राधिकरणले भने आफूले पाएको समयअवधि भित्रै धरहराको पुनर्निर्माण सक्नका लागि दुई वर्षको अवधि तोकेको हो । बाइट….
प्रधानमन्त्री के.पि शर्मा ओलीको समय मिलाएर केहि दिनमा नै धरहरा पुर्ननिर्माण शिलन्यास गर्ने कार्यक्रम तय भएको बताइएको छ । ऐतिहासिक धरोहर धरहरा १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेका हुन् ।

त्यसैले धरहरा ऐतिहासिक धरोहर, पर्यटकीय महत्व र काठमाडौंको सुन्दरताको पहिचान मात्र नभइ पुर्खाको सम्पति, हाम्रो गौरव र इतिहास पनि हो । यसको निर्माण र पुन सञ्चालन हामी सबैको दायित्व र आवश्यकता पनि हो । धरहरा दुई वर्ष्भित्रैमा फेरि उठ्ने र भूकम्प प्रतिरोधी र सुरक्षित बन्ने प्राधिकरणको लक्ष्यमा सबै सरोकारवाला निकायको सहकार्य र समन्वय महत्वपुर्ण रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu