ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज नोभेम्बर २०, अन्तर्राष्ट्रिय बाल अधिकार दिवस


एबीसी न्यूज
४ मंसिर २०७५, मंगलबार   १० : २९   बजे

काठमाडौं, ४ मंसिर । आज नोभेम्बर २०, अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । संयुक्त राष्ट्रसंघको महासभाले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको सम्झनामा हरेक वर्ष विश्वभर नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइने गरिन्छ । पहिलो विश्वयुद्धपछि युद्धको कारण अनाथ र घरबारविहिन बनेका बालबालिका सडकमा वेवारिसे अवस्थामा देखिएपछि विश्वभर बालअधिकारको चर्चा सुरु भएको मानिन्छ । निकै लामो संघर्षपछि संयुक्त राष्ट्रसंघबाट १९८९ नोभेम्बर २० मा बालअधिकार सम्बन्धी महासन्धि पारित भएको थियो । १९९० बाट लागू भएको महासन्धिलाई नेपालले पनि सोही वर्ष सेप्टेम्बर १४ मा हस्ताक्षर गरेको थियो । सोही दिनको सम्झनामा नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ ।

विकसित देशको तुलनामा विकासशील देशका बालबालिकाले आफ्ना सबै अधिकार प्राप्त गर्न सकेका हुँदैनन् । कुनै पनि देशको विकासमा त्यहाँका बालबालिकाको सर्वाङ्गीण विकास अपरिहार्य हुन्छ । बालबालिकाको चौतर्फी विकास भएन भने देशको भावी पुस्ता सक्षम बन्न सक्दैन । संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि–१९८९ ले बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, विकास गर्न पाउने र सहभागी हुन पाउने गरी मुख्य चार अधिकार सुनिश्चित गरेको छ ।

नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धिमा सन् १९९० मा हस्ताक्षर गरेको थियो । बाल अधिकार महासन्धि पारित भएपछि बालबालिकाहरूको अधिकार संरक्षणका लागि विश्वव्यापी सुनिश्चितता प्राप्त भएको थियो । बाल अधिकार महासन्धिमा जम्मा ५२ वटा धारा छन् । जसमध्ये धारा १ देखि ४० सम्म बालबालिकाहरूको कल्याणकारी संरक्षणका प्रावधानहरु उल्लेख गरिएको छ ।

धारा ४० सम्मका सवै प्रावधानलाई बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता गरी चारवटा छुट्टाछुट्टै खण्डमा विभाजन गरिएको छ ।

बाल अधिकार महासन्धिका प्रावधानहरुलाई कार्यन्वयन गर्न हस्ताक्षरकर्ता पक्ष राष्ट्रले आफ्नो देशमा बाल अधिकार संरक्षण सम्बन्धि कानुन बनाई लागू गर्नुपर्ने हुन्छ ।

नेपालले बाल अधिकारसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर आफ्नो प्रतिबद्धता पूरा गरेपनि बाल अधिकारको अवस्थामा भने सोचेजस्तो परिवर्तन देखाउन सकेको छैन ।

विद्यालय जाने उमेर पुगेका धेरै बालबालिकाहरु अझै पनि विद्यालयको पहुँचमा छैनन् । गर्भवती महिलाहरुले असुरक्षित रुपमा सुत्केरी हुनु पर्ने बाध्यताका कारण बर्षेनी लाखौं नवजात शिशुले अकालमा ज्यान गुमाइरहेका छन् । विद्यालय शान्ति क्षेत्र हो भने पनि कसैले पनि यस प्रतिवद्धता कार्यन्वयनका आफ्नो जिम्मेवारी र दायित्व पुरा गरेका छैनन् । बाल अधिकार सुनिश्चितताका लागि राज्यलगायत सबै   क्षेत्रलाइ गम्भीर बनाउन सकियो भने अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सान्दर्भिकता हुनेछ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu