ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रम पोखरेल


एबीसी न्यूज
५ मंसिर २०७५, बुधबार   ७ : २८   बजे

त्रिपुरासुन्दरी, ५ मङ्सिर । भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा आज आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक मार्गको उद्घाटन गर्नुभएसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औपचारिक घोषणा गरिएको हो ।

एक सय १८ किलोमिटरको उक्त सडक जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १०३ किलोमिटर नेपाली सेनाले तथा सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो । दुनैसँग सडक सञ्जाल जोडिएसँगै हुम्लाबाहेक मुलुकका ७६ वटै जिल्ला सदरमुकाममा मोटरबाटाको पहुँच पुगेको छ ।

छिमेकी मुलुक चीन र भारतलाई मरिम्ला र रुपेडिया नाकाबीच सीधा सडक सम्पर्क जोड्न योगदान दिने सामरिक महत्वको उक्त राजमार्ग निर्माणले प्राकृतिक विविधताले भरिपूर्ण कर्णाली क्षेत्रको विकासमा कायपलट ल्याउने विश्वास गरिएको छ । जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी ‘फिडर रोड’को अवधारणानुरुप निर्माण भएको सडक निर्माण कार्यदलका प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।

उक्त सडक निर्माणसँगै त्यस क्षेत्रमा उत्पादन हुने बहुमूल्य जडीबुटीलगायत चिजवस्तु बिक्रीवितरणका लागि आवश्यक बजार पाउने हुँदा स्थानीयवासीको जीवनस्तर सुधार ल्याउन योगदान पुग्नेछ । केही समयपछि नै उक्त सडक नेपाली सेनाले सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम राखेकामा स्थानीय जनताले उपप्रधानमन्त्री पोखरेलसमक्ष सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिन आग्रह गरे ।

रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्देजस्ता बस्ती हँुदै भेरी नदीको तीरैतीर दर्जनाँै अक्कर र भीर पहरा छिचोलेर उक्त सडक दुनै पुगेको छ । डोल्पामा सडकको पहुँच पुगेसँगै शे–फोक्सुण्डो ताल र त्यस क्षेत्रको राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्नेछ ।

उक्त सडकको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले जाजरकोट– दुनै सडक निर्माणले सुनको शिरानी हालेर नूनको खोजीमा हिँड्ने कर्णालीवासी अब विकटका बासिन्दा हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “डोल्पावासी अब विपन्न अवस्थामा रहने छैनन्, यो विकट ठाउँ सुगम बन्नेछ, यहाँका जनतालाई सम्पन्न गराउने ढङ्गबाट सरकारले काम गर्नेछ, असुरक्षित बस्तीलाई व्यवस्थित र सुरक्षित तुल्याउनेछ ।

प्रदेश सरकारसँगको सहकार्यमा जाजरकोट– दुनै सडकको स्तर उन्नति, बेलिब्रिजको जडान र कालोपत्रे गर्न कार्य सङ्घीय सरकारले पूरा गर्ने डोल्पावासीलाई विश्वास दिलाउँदै उपप्रधानमन्त्री पोखरेलले विकास र समृद्धिका लागि पहिलो शर्त सडक यातायात हो भन्ने पक्षलाई सरकारले प्राथमिकतामा राखेको छ भन्नुभयो ।

सो अवसरमा प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्राकृतिक स्रोतसाधनको हिसाबले डोल्पा अथाह सम्भावना बोकेको स्वर्ग भएको हुँदा सो सडक निर्माणपछि डोल्पाको विकट र गरीबीको परिचय बदलिने आशा व्यक्त गर्नुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारको निर्देशनानुरुप भरखरै मार्ग खोलिएकाले सोको स्तरोन्नति गर्न नेपाली सेना तयार रहेको बताउनुभयो । त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले जाजरकोट– दुनै सडकका विभिन्न स्थानमा बेलिब्रिज जडान, सडकको स्तरवृद्धि र कालोपत्र गर्ने कार्य गर्न सङ्घीय सरकारसँग माग गर्नुभयो ।

यसअघि सोही नगरपालिका–६ चिम्लेभीरमा आयोजित कार्यक्रममा सडक निर्माण आयोजना कार्यदलका प्रमुख सेनानी पहाडीले सडक निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही स्थानमा उपप्रधानमन्त्री पोखरेलले भे १ च २६५५ नम्बरको जीपलाई उक्त सडकमा सञ्चालन गर्न अनुमति प्रदान गरी जाजरकोट– दुवै सडक राष्ट्रिय सडक सञ्जालमा समेटिएको घोषणा गर्नुभएको थियो । (तस्वीर र श्रव्य संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

सम्बन्धित

मातृभाषामा पत्रकारिता लोकतन्त्र सुदृढीकरणको आधार : मन्त्री गौतम

ईभीको भविष्य ब्याट्रीमा निर्भर, सोलिड–स्टेटदेखि अल्ट्राफास्ट चार्जिङसम्म प्रतिस्पर्धा

गाडी किन्न बैंकको तछाडमछाड, उद्योग चलाउन किन कर्जा संकट?

ग्लोबल आइएमई क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउँदै

बढ्दो खराब कर्जाले दबाबमा बैंकिङ क्षेत्र, नाफादेखि नयाँ कर्जा प्रवाहसम्म असर

अर्थमन्त्री वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu