ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण मापदण्ड भन्दा पाँच गुणा बढी, सचेत रहन आग्रह


एबीसी न्यूज
५ मंसिर २०७५, बुधबार   १२ : ४१   बजे

काठमाडौं,५ मङसिर ।  हिउँद याम सुरु भएसंगै सुख्खापनका कारण उपत्यकाको शहरी क्षेत्रमा धुलोको मात्र अत्यधिक बढेको छ । धुँवा र धुलोका कारण काठमाडौ उपत्यकासंगै देशका अन्य शहरहरुमा वायु प्रदुषण विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा पाँच गुनासम्म बढि भएको वातावरण विभागले जनाएको छ । विकास निर्माणका कार्य र विशेषगरी सवारी साधनबाट निस्कने धु“वाका कारण वायुको अवस्था दयनिय बन्दै गएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का अनुसार नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको तथ्याङक छ । वायु प्रदूषणमा दुई दशमलव पाँच माइक्रोन धूलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक हो । गाँस बास कपाससंगै कुनै पनि व्यक्तिका लागि स्वास्थ्य अधिकार पनि नैसर्गिक अधिकार भित्र पर्दछ । नेपालको संविधानले स्वास्थ्य अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेको छ ।

तर व्यवहारतः सरकारले त्यसको लागि आवश्यक न्युनतम तयारी गर्न त के ध्यान समेत दिएको देखिदैन । सरकारले सञ्चालन गरेका कुनै पनि विकास निर्माणका काममा वातावरणप्रति देखाएको चासो शुन्य छ । यो कुरामा सरोकारवाला निकाय नै सहमति व्यक्त गर्छन । त्यसमा सरकारको मात्र गल्ती नभइ हाम्रो पनि ध्यान जान आवश्यक छ । हो हामी मध्ये कमैले चासो दिने र लिने विषय हो हामीले दैनिक स्वास प्रश्वास गर्ने हावा कत्तिको स्वच्छ छ त भन्ने कुरा ? यसतर्फ हामी कसैले पनि सोच्दैनौ ।

सोचे पनि एकदमै कमले । किने भने वायु मापनका बारेमा हामी सबै अनभिज्ञ छौ । विश्व स्वाथ्य संगठनले तोके अनुसार हामीले स्वास लिने हावाको प्रदुषण २५ पिपिएम तोकिएको छ भने नेपालको मापदण्ड अनुसार ४० पिपिएम तय गरिएको थियो । तर विडम्बना अव्यवस्थित शहरीकरण र जथाभावी सञ्चालनमा रहेका विकास निर्माणका काम साथै हामी सबैका लापारवाहिका कारण उपत्यकासंगै अधिकांश शहरी क्षेत्रको वायु प्रदुषण दैनिक पा“च गुनासम्म हुने गरेको मापनले देखाएको छ । वातावरण विभागले विभिन्न १४ स्थानबाट वायु मापन गर्ने गर्छ । त्यसमा सबै भन्दा धेरै प्रदुषण सवारी साधनबाट निस्कने धु“वाबाट हुने गरेको छ ।

वातावरण शब्द सुन्दा जति सामान्य लाग्छ त्यति नै गहन विषय हो । यसको सन्तुलन तथा प्रवद्र्धनका लागि कुनै एउटा निकाय मात्र नभइ समग्रमा सबैले चासो दिन आवश्यक रहेका विभागको भनाइ छ ।
मानव स्वास्थ्यका दृष्टिकोणले वायु प्रदुषण सबै भन्दा हानिकारक मानिन्छ । वायु सिधै स्वास प्रस्वाससंग प्रत्यक्ष जोडिएकाले र प्रदूषित हावाले दिर्घकालिन रोगहरु निम्त्याउने भएकाले यसतर्फ सर्तकता अपाउन जरुरी रहेको चिकित्सकहरुको सल्लाह छ ।

सुख्खा मौसम सुरु भएसंगै काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म पुगेको छ । यी शहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर १५० पीपीएम (पार्ट पर मिलियन) को आँकडा पार गरेको छ । अर्थात ती शहरको वायु २४ सै घण्टा श्वासप्रश्वासका लागि योग्य होइन । अझ दुर्भाग्यको कुरा त वायु प्रदूषणको यो मात्रा निरन्तर बढ्दै जाने विभागको अनुमान छ । वातावरण क्षणिक नभइ दिर्घकालिन विषय हो त्यसैले तत्कालका लागि मात्र नभइ भविष्यलाई ख्याल गर्दै ठोस कदम चाल्न जरुरी मात्र होइन ढिला नै भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group