दाङ, १६ असार । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको जंगलमा फेला परेको प्रहरीले बताएको छ ।
गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च प्रहरी श्रोतले बताएको छ ।
विहान ४ बजे दाङ र सल्यानबाट गएको प्रहरीले टोलीले शवको पहिचान गरेको प्रहरीले बताएको छ । अपहरणमा संलग्न व्यक्तिले दिएको जानकारीका आधारमा प्रहरीले सो ठाउँमा गएर शवको पहिचान गरेको हो । शव दाङ तर्फ ल्याउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्