ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री थापाले सशस्त्र प्रहरीलाई दिए यस्तो निर्देशन 


admin
९ मंसिर २०७५, आइतबार   ८ : १४   बजे

काठमाडौं,९ मङसिर । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई राज्यले तोकेको कामलाई जिम्मेवारीपूर्वक निर्वाह गरी शान्तिसुरक्षालाई मजबुद बनाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा सञ्चालित सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालीमको आज दीक्षान्त समारोहमा गृहमन्त्री थापाले जनताप्रति समर्पित भई अनुशासित र लगनशीलताका साथ काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो ।

उहाँले नेपाललाई समृद्ध बनाउने सरकारको एकमात्र सङ्कल्प रहेकाले सुरक्षा निकाय जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “लोकतन्त्रको संस्कार, विधिको शासन, कानूनी राज्यको मूल मर्मलाई आत्मसात् गर्दै जनताप्रति पूर्ण बफादार रही सरकारका कामलाई इमान्दार र जिम्मेवारपूर्णरुपमा काम गर्न आग्रह गर्दछु ।”

नेपाल सरकारले दिएको कार्यदिशा सीमा सुरक्षा, अपराध नियन्त्रण, सशस्त्र समूहको गतिविधि नियन्त्रण, औद्योगिक सुरक्षा नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिँदै जनताको मन जितेर प्रभावकारी काम गर्न आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरीले अहिलेसम्म गरेको कामको प्रशंसा गर्दै गृहमन्त्री थापाले आफ्नोतर्फबाट सशस्त्र प्रहरी बलको सुदृढीकरण र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले परिवर्तित समयानुसार सुरक्षा चुनौतीलाई सामना गर्न आवश्यक खतराको विष्लेषण गरी सुरक्ष बलियो बनाउन पनि आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देशका विभिन्न भागमा रहेर सशस्त्र प्रहरी बलले राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत् विपद्को उद्धार कार्यमा राज्यले सुम्पिएको दायित्व पूरा गर्दै आएको बताउनुभयो ।

सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीममा तीन महिलासहित कूल ५४ तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालीममा एक महिलासहित १० प्रशिक्षार्थीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu