ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुमानमा होइन तथ्यका आधारमा,भवितव्यमा होइन योजनवद्धमा काम गर्नुहोस – प्रधानमन्त्री ओली


एबीसी न्यूज
१० मंसिर २०७५, सोमबार   १ : ४२   बजे

काठमाडौँ, १० मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताउनुभएको छ । सरकारले गठन गरेको जनशक्ति प्राप्त  कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं । प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि जनशक्तिको आवश्यक रहेको बताउनुभएको छ ।

“देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनु पर्दछ ।”प्रधानमन्त्री ओलीले भन्नुभयो,–“यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा वर्षौसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्ग दर्शन गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धान मुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिनुभएको छ । “

आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “डाक्टर कति चाहिने,इन्जिनियर कति,शिक्षक कति,कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ । ”
समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग,मन्त्रालयहरुले पनि योजना बनाउने भएकोले यसलाई त्रुटी रहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

अनुमानमा होइन तथ्यका आधारमा,भवितव्यमा होइन योजनवद्धमा काम गर्नुहोस” प्रधानमन्त्रीले निर्देशनमा भन्नुभएको छ,“प्रतिवेदनमा नयाँ निष्कर्षहरु आउनु पर्दछ ।”

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्नका लागि असोज २८ गते डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो ।

समितिका सदस्यहरुमा डा.माधव दाहाल,डा.इन्दिरा पराजुली,डा.विश्ववाला थापा,डा.विजयदत्त,डा। ध्रुवगौतम र डा.राजेश अहिराज हुनुहुन्छ । कार्यदलको निर्देशक समितिमा शिक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्याद चार महिना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group