एजेन्सी, १३ मङसिर । भारतको पश्चिम बंगालमा विषालु रक्सी खाँदा सात जनाको मृत्यु भएको छ ।
विषालु रक्सी खाएर बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । पश्चिम बंगाल राज्यमन्त्री अमित मित्राले राज्य सरकारले यो घटनाको छानविनका लागि सीआईडीलाई आदेश दिएको बताएका छन् ।
उनले विहार र झारखण्डबाट विषालु रक्सीको तस्करी कसले गर्दैछ भन्ने पत्ता लाग्ने बताएका छन् । उनले ज्यान गुमाउनेका परिवारलाई दुई दुई लाख रुपैया“ सहयोग गर्ने घोषणा पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्