एजेन्सी,१५ मङसिर । अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ ।शुक्रबार राती राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपति जर्ज एच डब्लू बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको बताइएको छ ।
उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए। उनी आफ्नी श्रीमती बारबारको निधन भएको एक हप्तापछि बिरामी परेका थिए ।
त्यसअघि उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि उनको भूमिका महत्वपूर्ण छ ।
उनका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए । अमेरिकामा बाउछोरा राष्ट्रपति बन्ने बुशहरु दोस्रो हुन । यसअघि जोन आडम्स र उनका छोरा अमेरिकाको राष्ट्रपति बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्