काठमाण्डौं ५, असोज । आज देखि हिन्दुहरुको महान चार्ड दशै सुरु भएको छ ।
विजयादशमीकोपहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना गरिदै छ । आजका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ । कलशको स्थापना गरी यस दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउमा गई चोखो बालुवा या माटो ल्याई दस घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।
बिहान ९ बजेर ४१ मिनेट जाँदा घटस्थापना गरिएको छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गँहु तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौको हनुमानढोका दरबारमा रहेको दसैघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।
प्रतिक्रिया दिनुहोस्