ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई तथ्यांकसँग खेल्नुपर्ने कुनै कारण छैन् : प्रधानमन्त्री ओली


admin
२३ पुस २०७५, सोमबार   ६ : १५   बजे

 

काठमाडौं,२३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा आफूले तथ्यमा आधारित भएर बोलेको दावी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले आईतबार संघीय संसद प्रतिनिधिसभाको बैठकमा आफूले ‘तथ्य जे छ, त्यही बोल्दा पनि’ केहीले आधारहिन टिप्पणी गरेको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो ।

सोमबार नेपाल चेम्बर अफ कमर्शको ६८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले सुगाले पिञ्जराबाट दिएको खाम भित्रको पत्र नभई सरकारले १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा पेश गरेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले सरकारलाई तथ्यांकसँग खेल्नुपर्ने कुनै कारण नरहेको पनि बताउनु भयो । नयाँ तथ्यांक निर्माणमा अघि बढेको सरकारले तथ्यांकसँग नखेल्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले संसदमा दिएको वक्तव्यमा झूटा तथ्यांक उल्लेख गरिएको भन्दै आलोचना गरिएको छ । सोही प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूलाई झुटा आँकडा पेश गर्नु नभएको जवाफ पनि दिनु भयो ।

प्रधानमन्त्री ओलीले देशको विकासका लागि आवश्यक नयाँ कानुनको निर्माण र पूराना कानुनको संशोधन तत्काल गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

उहाँले देश विकासका लागि आवश्यक उद्योगी, व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्ने आश्वासन पनि दिनु भयो । देश र जनताको हितका लागि सरकार सबै काम गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको समग्र विकासका लागि आवश्यक कानुन संशोधन गर्न सरकारसँग माग गर्नु भएको थियो ।

उहाँले लगानी मैत्री, उद्योगी व्यवसायी मैत्री कानुन नभएकोतर्फ पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनु भयो ।अध्यक्ष श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न आफूहरु प्रतिवद्ध भएर लागिपर्ने पनि बताउनु भयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि निजी क्षेत्रले अझै गतिका साथ काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group