ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीद्वारा संसद्मा प्रस्तुत तथ्याङ्क शतप्रतिशत सही – अर्थ मन्त्रालय


एबीसी न्यूज
२४ पुस २०७५, मंगलबार   ४ : ००   बजे

 

काठमामाडौं , पुुस २४ । प्रधानमन्त्री केपी शर्माले गत पुस २२ गते प्रतिनिधिसभामा सार्वजनिक गर्नुभएको तथ्याङ्क शत प्रतिशत सही भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले राष्ट्र बैकको तथ्याङ्कलाई उद्धृत गर्दै चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वार्षिक बिन्दुगत आधारमा मूल्य बृद्धिदर ४ दशमलव २ प्रतिशत रहेकोमा पहिलो ५ महिनामा मूल्य बृद्धिदर ३ दशमलब ७ प्रतिशतमा झरेको स्पष्ट पारेको छ ।

यस्तै चालु आर्थिक वर्षको पहिलो ५ महिनामा राजस्व असुली बृद्धिदर समेत ३२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयको २०७५ मंसिरसम्मको तथ्याङ्क उद्धृत गर्दै चालु आर्थिक वर्षको पहिलो ५ महिनामा कूल खर्चको ७ प्रतिशत बृद्धि भएको, जसमध्ये चालु खर्च १३ प्रतिशतले घटेको र पुजीगत खर्च २५ दशमलब ३ प्रतिशतले बृद्धि भएको जनाएको छ ।

यसैगरी रेमिटान्सको आयमा समेत बृद्धि भएको छ । बैदेशिक रोजगारीमा जानेको संख्या चालु आर्थिक वर्षको पहिलो चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१ दशमलब ३ प्रतिशतले घटे पनि सोही अवधिमा रेमिटान्स आयमा भने ३६ प्रतिशतले बृद्धि भएको अर्थमन्त्रालयको दावी छ ।

प्रधानमन्त्रीको सम्वोधनमा प्रयुक्त तथ्याङ्कलाई लिएर सञ्चार माध्यममा गरिएको टिप्पणी लगाएका आरोप आधारहीन भएको अर्थ मन्त्रालय जनाएको छ । अर्थ मन्त्रालयले भनेको छ– ‘प्रधानमन्त्रीबाट आएको तथ्याङ्क चालु वर्षको पाच महिना अवधिको भएको तर केही सञ्चार माध्यमले ४ महिना र कतिपयले ३ महिनाको तथ्याङ्क प्रयोग गरी सरकारको तथ्याङ्कप्रति टिप्पणी गर्नुले सही विश्लेषण झल्काउदैन ।

’ यस्तै प्रधानमन्त्रीको सम्बोधनमा परेको राजस्व र खर्चको तथ्याङ्क मंसीर महिनासम्मको भएको त्यसपछि पुस महिनामा भएको खर्च र राजस्वको बिवरण देखाउ“दै तथ्याङ्कलाई बंग्याउने काम भएकोप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले नेपाल राष्ट्र बैकले सार्वजनिक गर्ने वर्तमान आर्थिक स्थितिमा चालु आर्थिक वर्षको ४ महिनाको तथ्याङ्क संप्रेषण भएको तर प्रधानमन्त्री ओलीले ५ महिनाको तथ्याङ्क प्रस्तुत गर्नुभएको हुनाले भ्रममा नपर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group