ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीको शानदार जित, अजरबैजानलाई ५–१ ले हरायो


admin
२३ आश्विन २०७४, सोमबार   १ : ०५   बजे

 

काठमाण्डौं, २३ असोज । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन क्षेत्रबाट छनौट भइसकेको जर्मनीले छनौट चरणको आफ्नो अन्तिम खेलमा शानदार जित दर्ता गरेको छ ।

समूह ‘सी’ अन्तर्गत भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको साबिक विजेता जर्मनले अजरबैजानलाई ५–१ ले हराएको छ । जर्मनीका लागि लियोन गोरेट्ज्गाले ६ र ६६ औं मिनेटमा गरी दुई गोल गरे । ५४ औं मिनेटमा सान्ड्रो वाग्नर, ६४ औं मिनेटमा एन्टोनियो रुडेजर तथा ८१ औं मिनेटमा एम्र क्यानले गोल गरे । अजरबैजानका लागि ३४ औं मिनेटमा रामिल शेदभले एक गोल फर्काए । जर्मनीले समूह चरणका सबै १० खेल जितेको छ । यसक्रममा उसले कीर्तिमानी ४३ गोल गरेको छ ।

यसअघि युरोपियन क्षेत्रको छनौट चरणका सबै १० खेल स्पनेले जितेको थियो । उसले सन् २०१० को विश्वकप छनौटका सबै १० खेल जितेको थियो । यहि समूहको खेलमा नर्दन आयरल्याण्ड भने नर्वेसंग १–० ले पराजित भयो । यस्तै चेक गणतन्त्रले सान मारिनोलाई ५–० ले हरायो । पराजित भएर पनि दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डले विश्वकप छनौटका लागि प्ले–अफ खेल्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात

टप एन्ड टी–२० : बंगलादेशसँग नेपाल ‘ए’ ९ विकेटले पराजित

टप एन्ड टी–२० : नेपाल ‘ए’द्वारा बंगलादेशलाई १०० रनको लक्ष्य

ज्ञान मन्दिरका ५८ कराँते खेलाडीको बेल्ट परीक्षा सम्पन्न

टप एन्ड टी–२० : नेपाल ‘ए’ आज बंगलादेश हाई–परफर्मेन्ससँग भिड्दै

‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu