एजेन्सी,५ बैशाख । पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आत्महत्या गरेका छन्। घुस जाँचको सम्बन्धमा उनको घरमा पुलिस पुगेपछि बुधबार राति उनले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन्।
६९ वर्षीय गर्सियालाई प्रहरीले टाउकोमा चोट लागेको अवस्थामा फेला पारेका थिए। तत्काल उनलाई राजधानी लिमास्थित क्यासिमिरो उलावो अस्पताल लगिएको थियो। अस्पतालले उनलाई उपचारको क्रममा मृत घोषणा गरेको थियो।
गार्सियाले ब्राजिलको निर्माण कम्पनीबाट घुस लिएको आरोप लागेको थियो। उनले त्यो अस्वीकार गर्दै आएका थिए। गर्सिया आफ्नो प्रभावशाली भाषणका कारण चर्चित छन् । उनी दुई पटक पेरुको राष्ट्रपति भैसकेका छन् । सन् १९८५–९० र २००६–११ मा उनले राष्ट्रपतिको पदभार सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्