काठमाण्डौं, १३ काक्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गत सिजनको उपाधि विजेता रियल मड्रिडलाई धक्का लागेको छ ।
आइतबार राति भएको खेलमा गिरोनासँग २–१ को हार व्यहोर्दा रियलको उपाधि दौडमा धक्का लागेको हो । खेलमा सुरुवाती अग्रता भने रियल मड्रिडले बनाएको थियो । खेलको १२ औं मिनेटमा इस्कोले गोल गरी रियल मड्रिडलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० ले अघि रहेको रियल मड्रिड दोस्रो हाफमा ४ मिनेटको अन्तरमा लगातार २ गोल खान पुग्दा हारको भागीदार बन्यो । गिरोनाका लागि ५४ औं मिनेटमा स्टुनीले गोल गरे भने ५८ औं मिनेटमा पोर्चुले गोल गरे । हारपछि १० खेल खेलेको रियल मड्रिड २० अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बार्सिलोनाभन्दा ८ अंक र दोस्रो स्थानको भ्यालेन्सियाभन्दा ४ अंकले पछि परेको छ ।
प्रतिक्रिया दिनुहोस्