ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमबुद्ध फाउण्डेशनको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न


एबीसी न्यूज
१३ भदौ २०७६, शुक्रबार   ३ : १०   बजे

काठमाडौं । चर्चित -यापर गायक स्व. यमबुद्धको स्मृतिमा शुक्रबार महेन्द्र भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच एकल गायन प्रतियोगिता सम्पन्न भएको छ ।
यमबुद्ध फाउण्डेशनले ललितपुरको जावलाखेल एकान्तकुनास्थित उक्त विद्यालय परिसरमा आयोजना गरेको गायन प्रतियोगिता कार्यक्रममा २३ जना विद्यार्थीहरु सहभागी भएका थिए । गायन प्रतियोगितामा अनुग्रह ताङ्दो राई प्रथम, मनिषा गिरी द्धितीय र कृष्ण परियार तृतीय भए । फाउण्डेशनका अध्यक्ष अम्बिका प्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले गायन प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीहरुलाई प्रमाणपत्र र टिसर्ट वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै अम्बिका अधिकारीले आफ्नो छोरा गायक स्व. यमबुद्धका सपना र योजनाहरुलाई देशैभरि अभियानका रुपमा सञ्चालन गर्दै लैजाने बताउनुभयो । उहाँले यमबुद्ध हामी माझ नभएपनि उसले गरिब परिवारका विद्यार्थीहरुलाई गर्ने गरेको सहयोगलाई सधैं निरन्तरता दिईरहने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले यमबुद्ध धेरै युवाहरुको मन मनमा बसेको बताउँदै उनका सामाजिक कार्यहरुको सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो । जोशीले यमबुद्धले युवाहरु माझ एक छुट्टै किसिमको छाप छोडेर गएको उल्लेख गर्नुभयो ।
त्यसैगरी अध्यक्ष अधिकारीले उक्त विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्र छात्राहरुलाई झोला (स्कुल ब्याग) र स्टेशनरी सामानहरु समेत वितरण गर्नुभएको थियो ।
यमबुद्धको वास्तविक नाम अनिल अधिकारी हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

पोखरामा भदौ २० गते २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव

बलिउड कलाकार नेपालका बाढीपीडितको साथमा, सोनु सुदले दिए सहयोगको वाचा

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu