ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान कलाकारको पहिलो रोजाई बन्दै, नेपाली समुदाय उत्साहित


एबीसी न्यूज
१६ भदौ २०७६, सोमबार   ५ : ३४   बजे

टोकियो, जापान । जापान पछिल्लो समय नेपाली कलाकारको पहिलो रोजाई बनेको छ । ८८ हजार नेपाली रहेको जापानमा बिभिन्न समयमा कार्यक्रम समेत आयोजना हुन्छन् ।

चाहे त्यो तीज फेष्टिबलको नाममा होस् त अन्य सांस्कृतीक साँझ, डम्फु साँझ, अवार्ड, ल्होसार त कतै धमाकाकै नाममा । कलाकारको जम्बो टोली नै जापान आउने गर्छन् ।  नेपालीलाई सांङगितीक माध्यमबाट भरपुर्ण मनोरन्जन दिदै आएका छन् । आयोजकले बोलाएपछि भीषा सजिलै पाउने हुदा जापान आउन सजिलो भएको हो ।

व्यस्तताका कारण प्रवासमा हुने नेपालीले संस्कृती नै बिर्सने हुन की भन्ने चिन्ता पनि कलाकारमा छ । नेपालको संस्कृती र संस्कार प्रवासमा जन्मने नयाँ पुस्तालाई थाहा नहुने हुदा हस्तान्तरण गर्ने जिम्वेवारी समेत आफ्नो भएको कलाकारको भनाई छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजमा जापानमा धेरै कार्यक्रम आयोजना भए ।

ती कार्यक्रममा नेपालका चर्चित कलाकारहरु पशुपति शर्मा, बद्री पंगेनी, खुमन अधिकारी, मन्जु पौडेल, रमेशराज भट्टराई सम्झना भण्डारी, प्रताप दास लगायतका अन्य कलाकार पनि जापान आए । राष्टिय ख्याती कमाएका तर रोजगारिका शिलशिलामा जापान रहेका लोकप्रिय गाएक सुर्य खड्का , गाएक अमित सापकोटा, खेमराज पौडेल, चेतन घर्तिमगर र भावना आचार्य पनि बिभिन्न ठाउँमा सहभागी भए र दर्शकलाई मनोरन्जन दिए ।  जापानको तीजलाई साच्चिकै तीज बनाए ।

सबै नेपालीलाई समेटने गरि आईतबार हाम्रो परम्परा हाम्रो संस्कृती, भन्ने नाराका साथ टोकियोको सिवा पार्कमा तीज फेष्टीबल भयो । दरखाने दिनमा आयोजना गरिएको तीज फेष्टिवलमा नेपाली संगै जापानिज नागरिक पनि उपस्थित भएका थिए । कार्यक्रम स्थलमा बालबालिकादेखि वृद्धवृद्धा सम्मको खचाखच थियो ।

रातो साडीमा सजिएका मन्जु पौडेल र सम्झना भण्डारी दौरा सुरुवालमा सजिएका बद्री पंगेनी के मन्चमा पुगेका थिए। दर्शक निकै उत्साहित बने । बालबालिका देखि वृद्धवृद्धा सम्म नाच्न थाले ।

महिना अघि धादिङबाट जापान आएकी इच्छादेवी पुडासैनीलाई नेपाल भन्दा जापानमा तीज रमाईलो लाग्यो । जापानको तोदामा बस्दै आएकी पुडासैनी छोराबुहारी संग तीज फेष्टीवलमा पुगेकी थिईन् । ७६ वर्षिय पुडासैनीको जापानको तीज पहिलो भएपनि नेपालको कत्ती पनि सम्झना थिएन । सबै संग घुलमिल गर्दै तीजको शुभकामना साट्दै थिइन् । यसै वीचमा बद्री पङगेनीले भाउजुको हाईहाई छ दाई जापान भएर भन्ने गीत गाईरहेका थिए यता पुडासैनी बुहारी र साथीसंग छमछमी नाचेकी थिईन् ।

उनी भन्छिन, “नेपाल भन्दा जापानमा तीज रमाईलो भयो ।” सबै नेपाली जम्मा भएका छन् , नेपालका कलाकार पनि यही आएका छन् उनले भनीन् । तीज फेष्टीवलमा २ हजारको संङख्या नेपाली र केही जापानिज नागरिक समेत पुगेका थिए । अर्का चर्चित गाएक पशुपति शर्मा, रमेशराज भटराई र प्रताव दासले पनि दर्शकलाई भरपुर्ण मनोरन्जन दिएका थिए । फेष्टिवल डेष्टिनी क्रिएशन र एनआरएनए जापानको संयुक्त आयोजनामा गरिएको थियो । पहिलो फेष्टिवल भएका कारण पनि होला धेरैको उत्साहजनक सहभागिता थियो । र सहभागि सबैले नेपालको संस्कृती झल्कने पोशाक लगाएका थिए । फेष्टिवल नेपाली संस्कृतीको निरन्तरता र नेपालको नुवाकोटमा रहेका अशक्त, असहाय र वेसाहारा बालबालिकाको अध्ययनमा सहयोग पुर्याउने उदेश्यले आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group