ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिष्ठान जापानको अध्यक्षमा सुर्य खड्का, पर्यटन वर्षलाई सफल पार्ने प्रतिवद्धता


एबीसी न्यूज
१८ भदौ २०७६, बुधबार   ६ : ०२   बजे

जापान १८ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको अध्यक्षमा सुर्य खड्का चयन भएका छन् । मंगलबार जापानको टोकियोमा सम्पन्न दोस्रो अधिवेशनबाट खड्का निर्विरोध चयन भएका हुन् । रोजगारीका लागि जापान आएका उनले कला र संस्कृतीको जर्गेना गर्न जापानमा प्रतिष्ठानको आवशयकता समेत महसुस गरेका थिए । प्रतिष्ठान स्थापना अघि तदर्थ समिती गठन भएको थियो । तदर्थ समिती हुदा सह(संयोजकको जिम्मेवारी पाएका उनले १ कार्यकाल उपाध्यक्ष पुरा गरि अहिले अध्यक्ष बनेका हुन् ।

बाग्लुङमा जन्मिएका खड्का २०६२ सालमा चितवनबाट सांङगितिक क्षेत्रमा प्रवेश गरेका थिए । सयौँ बढी गीत निकालेका उनले आफ्नो कार्यकाल संस्कृतीको जर्गेना गर्दै नेपालमा पर्यटक भित्र्याउन खर्चिने बताए ।

उनले जापानी नागरिकमा नेपाली कला र संस्कृती चिनाउने र पर्यटक भित्र्याउने तर्फ केन्द्रित रहने एवीसी न्युजलाई जानकारी दिए । नेपाल सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोले सफल पार्ने दायित्व आफ्नो पनि भएकोले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

 

“सिङ्गो कार्यसमिती नै कला र संस्कृतीको जर्गेना पर्यटन वर्ष सफल पार्न समय खर्च गर्नेछौँ ।” खड्का भन्छन् । १० वर्ष देखी जापानलाई कर्मभूमी बनाएका सुर्यको जापानिज कलाकार संग समेत राम्रै घुलमिल छ । २ वर्षे कार्यकालको लागि खड्काको नेत्तृत्वमा २५ सदस्सीय नया कार्य समिती चयन भएको छ ।

जसको प्रथम उपाध्यक्षमा पुरुषोतम सिग्देल, द्धितीय उपाध्यक्षमा नारायण कंडेल, महिला उपाध्यक्ष सोना के सी, सचिब माधब सिग्देल, सह सचिब दिलेन्द्र जोशी र समुद्र राज पौडेल, कोषाध्यक्ष अमित सापकोटा, सह कोषाध्यक्ष निशा क्षेत्री र प्रवक्ता केशब पौडेल सर्वसहमतीले चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा प्रकाश कंडेल, नकुल गौतम, प्रेम सापकोटा सोनु, केशब शर्मा, अर्जुन सुबेदी, शान्ता जि सी, होम पुन,निर्मल क्षेत्री, प्रेम कुमार बस्नेत, खेम राज पौडेल रहेका छन् ।

अधिवेशनको सम्वोधन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले लोक संगितको क्षेत्रमा भित्रीएका विकृती र विसंगती हटाउन प्रतिष्ठानले कदम चालेको बताए । उनले संस्कृतीको जगेर्ना गर्ने जिम्वेवारी नै कलाकारको भएकोले प्रवासबाट पनि योगदान पुर्याउनुपर्नेमा जोड दिए । समारोहमा प्रतिष्ठानका प्रथम उपाध्यक्ष पशुपति शर्मा, सचिव खुमन अधिकारी, पूर्व केन्द्रिय सदस्य मन्जु पौडेल लगायतका स्थानीय कलाकारको समेत उपस्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group