काठमाडौं, १९ भदौ । नेपालको अर्थतन्त्रको मुख्य कृषि भएपनि नीति र कार्यान्वयनबीचको तालमेल नहुदा कृषिमा रुपान्तरण नआएको सरोकारवालाहरुले बताएका छन् । एबीसी न्यूज टेलिभिजनको ११ वर्ष पुरा गरेको अवसरमा विकास वर्ष २०७६ अन्तरगत विकासमा कृषि कार्यक्रम यस्तो बताएका हुन् ।
कृषि मन्त्री चक्रपाणी खनालले कृषिमा बदलावको विकास हुनु पर्ने बताउनु भएको छ । कृषि चेतनासंगै व्यवसायीक विकासमा बदलाव आउन सकेमा कृषिमा रुपान्तरण संभव भएको बताउनु भएको छ ।
त्यसैगरि कृषि विज्ञ रत्न कार्की ले मुलुक समृद्ध बनाउने कृषि सुत्र भएपनि कार्यान्वयन पाटो फितलो भएको बताउनु भयो । दीघकालीन नीति र कार्यक्रम अझै अलपत्र हुदा कृषिले गति लिन नसकेको विज्ञ कार्कीले टिप्पणी गर्नुभयो ।
त्यसैगरि खाद्य विज्ञ जिवनप्रभा लामाले कृषिको उत्पादनमा वृद्धिसंगै खाद्यको विषय पनि समस्या भएको बताउनु भएको छ । मानवीय स्वास्थ्यलाई गम्भीर असर गर्ने विषादी प्रयोग गरिएका खाद्यले मानवीय स्वास्थ्यमा असर गरेको बताउनु भयो । गुणस्तरीय खाद्यान्न उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहा“को जोड छ ।
प्रतिक्रिया दिनुहोस्