ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी न्यूज आज ११ वर्ष पुरा गरि १२ औं वर्षमा प्रवेश


एबीसी न्यूज
१९ भदौ २०७६, बिहिबार   ४ : ४३   बजे


काठमाडौं, १९ भदौ ।  आज हाम्रो जन्मदिन । अनेकौं आरोह अवरोह पार गर्दै हामी सफलतापूर्वक एक दशक पार गरेका छौं । गाउ“, सहर र दुनिया“ ब्युझाउने अभियानका साथ २०६५ भदौ १९ गतेबाट प्रशारण सुरु गरेको एबीसी न्यूज आज ११ वर्ष पुरा गरि १२ औं वर्षमा प्रवेश गरेको छ । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै वितेका ११ वर्षमा टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक तथा विश्लेषणात्मक कार्यक्रमहरु प्रशारण गरिरहेको छ ।

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी न्यूज आजबाट १२ औं बर्षमा प्रवेश गरेको छ । आज भन्दा ठिक ११ वर्ष अघि गाउ“, शहर र दुनिया“ व्यूंझाउने अभियानका साथ भू–उपग्रह प्रणाली मार्फत् एबीसी न्यूज टेलिभिजनले प्रशारण सुरुआत गरेको थियो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै एबीसी न्यूजले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु निरन्तर प्रशारण गरिरहेको छ ।

२०६४ साल माघ २० गते सूचना तथा सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति पाएको एबीसी न्यूज टेलिभिजन हाल संसारका एक सयभन्दा बढी देशमा हेर्न सकिन्छ । टेलिभिजनलाई अहिले संसारभरका दर्शकले फेसबुक, ट्वीटर, यूट्युव र इन्टरनेटमार्फत प्रत्यक्ष हेर्न सक्ने सुविधा प्राप्त छ । एबीसी नेपाल डट टीभी लगअन गरेपछि देश दुनियाका दैनिक गतिविधिदेखि टेलिभिजनको प्रत्यक्ष प्रसारणका लाइभ कार्यक्रमसमेत हेर्न पाइन्छ भने मन परेका कार्यक्रमको रेकर्ड समेत हेर्ने व्यवस्था मिलाइएको छ ।

टेलिभिजनको शुरुवाती यात्रा सहज भएपनि त्यसपछिको यात्रा भने निरन्तर संघर्षमय छ । संघर्षमय यात्राको चरणमा रहेको एबीसीप्रति आम दर्शकको माया र सद्भाव भने झन पछि झन झांगिदै गएको छ ।

विभिन्न चुनौतिको सामना गर्दै एबीसी टेलिभिजनले सबै क्षेत्रका व्यक्तित्वबीच आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । प्रशारणको १२ औं वर्ष प्रवेश गर्दा हाम्रा दशर्कको दायरा पनि बिस्तार भएको छ । एबीसी न्यूज टेलिभिजनले प्रसारणको एघारौं वर्षकोे अवधिमा आफुलाई फरक समाचार च्यानल तथा लाइभ टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको छ । बितेका ११ वर्षमा एबीसी न्यूजले अल्वेज फस्ट अल्वेज फास्टको सिद्धान्त अनुरुप छिटो र सही समाचार सम्प्रेषण गर्न अभ्यासरत रहेको छ । विश्वका विभिन्न क्षेत्रका बिभिन्न घटनालाई सधैंभरि यसले आफ्नो क्यामेरामा कैद गरि दर्शकसामु प्रस्तुत गर्न सफल बनेको छ । एबीसी न्यूजले सबै समाचारलाई सधैं समाचारको रुपमा मात्र प्रसारण गरेको छैन, सबै समाचारहरुको गहिरो विश्लेषण गर्दै जनताको घरघरमा पुराउन सफल भएको छ ।

हाम्रा समाचार बुलेटिन प्रत्येक पलपलको घटनाक्रमसंग नजिक रहेका छन् । शनिवारबाहेक हरेक दिन राति ९ बजे प्रशारण हुने अपरेशन विग न्यूजले समाजको व्यतिथि, विसंगतिमाथि तिखो र विश्लेषणात्मक प्रहार गरिरहेको छ । आलोचनात्मक चेतसहितको विश्लेषणात्मक विग न्यूजले १२ वर्षसम्म पनि पृथक भूमिका खेल्दै निरन्तरता दिन सफल भैरहेको छ । दैनिक सांझ ७ बजे विज्ञापनरहित समाचारको प्याकेज हट न्यूज एक्सप्रेसले दर्शकमा इन्स्ट्यान्ट प्रभाव पारेकै कारण आज हामी यो स्थानसम्म आइपुग्न सफल भएका छौं । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विश्लेषणसहितको आउटलुक एबीसीको ब्राण्डका रुपमा स्थापित अन्तवार्ता कार्यक्रम बन्न सफल भएको छ । भने दैनिक रुपमा प्रसारण गरिने एबीसी वाचले दैनिक घटनामा केन्द्रित रहेर विश्लेषण गर्ने काम गरेको छ ।

हाम्रा समाचारले राजधानीलाई मात्र सम्बोधन गर्दैनन् । त्यो भन्दा बढी दुरदराजका घटनाक्रममा निगरानी गरिरहेका हुन्छन् । व्यूरो रिपोर्टरले यो भूमिका अनवरत निर्वाह गरिरहेको छ । पोखराब्यूरोबाट संचालन भैरहेको पोखरा टक र बुटवलब्यूरोबाट संचालन भैरहेको बुटवल टकले स्थानीय मुद्दालाई मुखरित गरिरहेका छन् । समाजमा उच्च स्थान बनाएका जेष्ठ नागरिकको जीवनवृत्त झल्किने कार्यक्रम आत्मवृत्तान्त लोकप्रिय छ ।

अंग्रेजी भाषामा प्रसारण हुने डिस्कोर्षले विदेशी कुटनीतिज्ञहरुलाई समेत आकर्षित गरेको छ । एबीसी न्यूज टेलिभिजन र चीनको सिचुआन प्रान्तको छेन्दु रेडियो टेलिभिजनसंगको सहकार्यमा लुकिङ वेष्ट टु छेन्दुले चिनिया भाषा, संस्कृति र समाजलाई बुझन् मद्दत पुर्याएको छ ।
हामीले प्रसारण गर्ने कुनै पनि समाचार र समाचारमूलक कार्यक्रमहरु आलोचनात्मक चेतले भरिएका र स्तरीय छन् भन्नेमा हाम्रो दावी संधै रहिरहनेछ । देशको शैक्षिक अवस्थाको जानकारी दिने इडियू ३६० होस या आम सर्वसाधारणलाई स्वास्थ रहन सचेतना फैलाउने कार्यक्रम आवर हेल्थले स्वास्थ्य क्षेत्रमा एउटा छुटै पहिचान बनाउन सफल भएको छ ।

एबीसी इन्द्रणीको घिन्ताङ घिन्ताङ संगीतप्रेमी जनसमुदायको धडकन बन्दा मनोरञ्जन सम्बन्धी कार्यक्रम लाइमलाइट टेलिभिजनमा नया“ भुमिका बनाउन सफल भएको छ । दैनिक रुपमा बिहान प्रसारण गरिने धार्मिक कार्यक्रम इश्वर आरधनाले धर्म संस्कृतिको संरक्षण गर्न पनि मद्दत पुर्याएको छ ।

आफ्नो मुल मन्त्रअनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्पं्रेषण गर्नु एबीसी न्युजको मुख्य विशेषता हो, यही मन्त्रको निरन्तरताका कारण एबीसी टेलिभिजनले टेलिभिजन च्यानलहरुमा अलग परिचय बनाउन सफल भएको छ । यो परिचयलाई कायम राख्दै अझ फरक ढंगबाट आफ्ना प्रस्तुतिहरु तपाई दर्शकसामु पस्कने हाम्रो प्रयास जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group