वीरेन्द्रनगर, २० मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजको रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको २३औँ साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले समाज गलत बाटोमा हिडिरहेकाले सबै मिलेर समाजको बाटोलाई सही रुपमा हिडाउन पत्रकारहरुको साथ आवश्यक रहेको बताउनुभयो ...