लमही, २२ असोज। सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताउनुभएको । आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो । “दुवै विमानस्थल सञ्चालनमा आउँछन्”, उहाँले भन्नुभयो । ...