काठमाडौं, १ असार । अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन बेलायत बसोबास गर्ने समाजसेवी तारा गुरुङले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । समाजसेवी गुरुङले सो रकम दिलबहादुर घर्ती बचाउ अभियानका संयोजक दिपेश पुनलाई हस्तान्तरण गर्नुभयो । ...