काठमाडौँ, २० वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताउनुभएको छ । ग्लोबल पिस फाउन्डेशन नेपालले आज यहाँ आयोजना गरेको ‘उत्तर कोरिया र दक्षिण कोरियाको शान्तिवार्ता’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “कोरियाली जनतामा नभई विश्वका ...