काठमाडौँ, १९ वैशाख। राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनकोे पूर्वसन्ध्यामा सभामुख कृष्णबहादुर महराले आज पत्रकार सम्मेलनको आयोजना गरी जेठको पहिलो साता सरकारको नीति तथा कार्यक्रममाथि छलफल भई पारित गर्ने सदनको कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । ...