धादिङ, १२ वैशाख । सिद्धलेक गाउँपालिका र जिल्ला वन कार्यालयबीच अधिकार क्षेत्रको विषयमा विवाद बढेको छ । सिद्धलेक गाउँपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिकाले वन कार्यालयलाई पटकपटक वन संरक्षणका लागि आग्रह गर्दासमेत वेवास्ता गरेको र केही सामुदायिक वनसँग मिलेर गाउँपलिकाविरुद्ध लागेको आरोप लगाएको छ । ...