काठमाडौं ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन काठमाडौँ जिल्ला अदालत लगिएको छ। अदालतको ३२ नं। इजलासमा उनलाई प्रस्तुत गरिँदै छ। न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा हिरासतमा राख्ने अनुमतिका लागि सरकारी वकिलले प्रस्तुत गर्न लागेका हुन्। ...