काठमाडौं, १० साउन । नापतौलयन्त्रको तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ । उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना व्यवसायीसमेत परेका छन् । ...