नेपालका पुराना संसदीय दलहरू—माओवादी, एमाले र कांग्रेस—विगत लामो समयदेखि अमेरिकी साम्राज्यवादका सहायक शक्तिका रूपमा व्यवहार गर्दै आएका छन् भन्ने तथ्य अब कुनै अनुमानको विषय रहँदैन। संसद्मार्फत एमसीसी पारित गरिनु उनीहरूको आत्मसमर्पणको औपचारिक दस्तावेज थियो। तर यो आत्मसमर्पण पनि अमेरिकी साम्राज्यवादका लागि अपर्याप्त ठहरियो। कारण स्पष्ट ...