काठमाडौं, ६ वैशाख । सरकारले जनता समाजवादी पार्टी (जसपा) नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनेबारे कुनै निर्णय नगरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेश तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका ...