काठमाडौं, ५ असार । सरकारले विनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन नगर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम संचालन गर्न प्रतिबन्ध लगाउने जानकारी दिनु भएको हो । ...