काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केहीबेरमा नै अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार दिउँसो ३ बजे अस्पतालबाट डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको ...