अछाम, १५ मंसिर । मल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रमेश खड्का विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका वीरबहादुर बोहराभन्दा २१५ मत बढी ल्याई विजयी हुनुभएको हो । कुल खसेको १ हजार ३५७ मतमध्ये खड्काले ७७८ र बोहराले ५६३ मत ल्याउनुभएको छ ...