काठमाडौ, ३० असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताउनुभएको छ । बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उहाँले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि ...