काठमाडौं १० बैशाख । छिमेकी भारतको जम्मू–काश्मीर पहलगाममा भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको हो । साथै मृतकका परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ ...