काठमाडौँ, ८ जेठ । सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्न ...