धनुषा, २२ माघ । संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ । राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । ...