गौशाला, २३ असार । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गए राति आफैँले चलाएको ट्र्याक्टरमा चेपिएर ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वाँ नगरपालिका–७ बस्ने सत्यनारायण मण्डलका छोरा ट्र्याक्टर चालक मनोज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । गए राति ८ः३० ...