ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा विहे गर्न कुमारित्व सर्टिफिकेट चाहिने


एबीसी न्यूज
२३ असार २०७५, शनिबार   ७ : ४६   बजे


इरान । इरान एक इस्लामिक कट्टरपंथी देशको रुपमा चिनिन्छ । तर यहाँका युवा युवती भने स्वतन्त्रता रुचाउने गर्छन् । तर पनि समाजको एक हिस्सामा भने रुढीवादी सोँच हाबी छ । यसको सबैभन्दा ठूलो उदाहरण हो ‘कुमारित्व परिक्षण’ । पुरानो समयको इरानमा दुलहीको कुमारित्व परिक्षण गर्नको लागि सेतो कपडाको प्रयोग गर्ने गरिन्थ्यो । तर हाल समयको परिवर्तनसँगै यहाँ दुलाहा पक्षले विवाह अघि कुमारित्वको सर्टिफिकेट माग गर्छन् । यस्तोमा इरानमा कृतिम कुमारित्व प्राप्त गर्ने चलन तीब्र रुपमा बढ्दै गइरहेको छ ।

पछिल्लो समय इरानमा केही सामाजिक परिवर्तन ल्याउने कोशिस पनि नगरिएको होइन, तर पनि समाज केही व्यक्तिहरु भने पुरानो सोँच अनुसार नै चल्ने गरेका छन् । विवाहअघि युवतीको कुमारित्व सर्टिफिकेटको माग गरिने केही समाजका युवतीले आफ्नो गोग्य अंगको सर्जरी गर्ने गरेका छन् । यो सर्जरीलाई ‘हाइम्नोप्लाष्टी’ भन्ने गरिन्छ । यसमा युवतीको कुमारित्व पुनः बनाउने गरिन्छ । तर यो कार्यलाई इरानमा गैरकानुनी भनिएको छ ।

इरानमा पुरुषले महिला कुमारी नभएको शंका गरेर श्रीमतीलाई छोडेको कयौँ घटना पनि भएका छन् । इरानको कानुनले पुरुषलाई असिमित अधिकार दिएकाले यसको गलत प्रयोग पनि भइरहेको छ । यहि कारणले नै युवती कुमारी नै भएपनि डरले सर्जरी गराउन बाध्य छन् ।

इरानमा आज पनि विवाह नगर्ने पुरुषलाई ‘नामर्द’ भन्ने गरिन्छ । त्यतिमात्रै नभई त्यस्ता पुरुषहरुलाई परिवारको साथमा बसोबास गर्ने अधिकार पनि हुँदैन । सार्वजनिक स्थलमा यदि महिलाले पुरुषसँग हात मिलाएको पाइएमा महिला पक्राउ पनि पर्न सक्छिन् । त्यस्तै जनावरसँग यौन सम्पर्क गर्नु, महिलाहरुले कसिलो कपडा लगाउनु, पतिलाई यौन सम्पर्कको लागि इन्कार गर्नु तथा पतिको अनुमति विना काममा जानु पनि इरानमा अपराध नै मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu