बागलुङ, ११ माघ । ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ ...