काठमाडौं १४ फागुन । नेपाली सेनाले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गरी आफ्नो २६२औँ दिवस मनाएको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन आफ्नो दिवस मनाउँदै आएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ व्यक्तित्वहरू पनि सहभागी भएका छन् । ...