काठमाडौं १७ फागुन । झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका– ५ मुलकोटमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये सात यात्रु र दुई चालक–सहचालक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । ...