काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भूराजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले सुरक्षा चुनौती बढेको बताएका छन् । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको सुरक्षा चुनौतीका आयमबारे धारणा राखेका हुन् । ...