पाल्पा, २७ असार । पाल्पा जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिनदहाडै नवजात शिशुको चोरी भएको छ। तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाको नवजात शिशुलाई मध्य दिउंसै चोरे गायव पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिएका छन् । ...