काठमाडौं, ८ असोज । बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ । यो साता घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको ...